Logo

उच्च करले पेट्रोलियम पदार्थ महँगो



काठमाडौं, जेठ ४ । कोभिड महामारीबीच नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढायो। पेट्रोलको मूल्य लिटरको एक सय २३ रूपैयाँ, डिजेल तथा मट्टीतेलको मूल्य लिटरको एक सय ६ रूपैयाँ पुगेको छ। महामारीमा जनतालाई राहात दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको आलोचना भएको छ।

मूल्य वृद्धि गर्दा पनि आयल निगमलाई १५ दिनमै एक अर्ब १० करोड घाटा छ। भाउ बढाउँदा पनि निगमलाई किन घाटा छ त रु पेट्रोलियम पदार्थमा सरकारले उच्च कर लिएका कारण निगमले घाटा बेहोरेको छ भने मूल्य पनि निकै महँगो भएको छ। इन्डियन आयल कर्पोरेसन ९आइओसी०बाट ६६ रूपैयाँ ९९ पैसामा किनेको पेट्रोलको मूल्य लिटरको एक सय २३ रूपैयाँ पुगेको हो। सरकारले पेट्रोलमा विभिन्न शीर्षकमा प्रतिलिटर ५६ रूपैयाँ १० पैसा कर लगाएको छ। मूल्य बढाउँदा पनि निगमले पेट्रोलमा प्रतिलिटर आठ रूपैयाँ ५८ पैसा घाटा बेहोरिरहेको छ।

त्यसैगरी, ६२ रूपैयाँ ८८ पैसामा आइओसीबाट किनेको डिजेल निगमले एक सय ६ रूपैयाँमा बिक्री गर्छ। डिजेलमा सरकारी कर मात्र लिटरमा ३८ रूपैयाँ ७७ पैसा छ। डिजेलमा निगमलाई लिटरमा चार रूपैयाँ ४६ पैसा घाटा छ। मूल्य वृद्धि गर्दा पनि १५ दिनमा एक सय १० करोड घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्। ‘मूल्य बढाए पनि डिजेल, पेट्रोल, खाना पकाउने ग्यासमा घाटा छ,’ उनले भने। निगमले आइतबार राति मूल्य वृद्धि गरेको थियो। एलपिजी ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रूपैयाँ १३ पैसा घाटा रहेको निगमले जनाएको छ। निगमले आइतबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनमा प्रतिलिटर २÷२ रूपैयाँ मूल्य बढाएको थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्