Logo

हामी खोप चाँडै ल्याउँछौं : स्वास्थ्य राज्यमन्त्री रावत



स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सरकारले जतिसक्दो चाँडो खोप ल्याउने प्रयास गरिरहेको बताएका छन् । जनतालाई बचाउने दायित्वबाट सरकार कहिल्यैपनि विमुख नहुने र रातदिन कसरी हुन्छ जनताको जीवनरक्षाको लागि नै सरकार खटिरहेको उनले स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री रावतले पछिल्लो समय सरकारले जारी गरेको निषेधाज्ञाले पनि संक्रमण फैलन नदिन धेरै ठूलो काम गरेको र यसको परीणाम केही समयपछि देखिने पनि सुनाएका छन् । प्रस्तुत छ मन्त्री रावतसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब भ्याक्सिन कहिले आउँछ ? जनताले कहिलेसम्म भ्याक्सिन लगाउन पाउँछन् ?

अब छिट्टै आउँछ । हामी खोप ल्याउन लागिरहेका छौं ।

अति भयो, मन्त्रीज्यु ? तपाईँले भ्याक्सिन ल्याउन सक्नुभएन ? जनता बचाउनको लागि तपाईँहरु गम्भीर हुनुपर्दैन् ?

अब उत्पादन गर्ने ठाउँमा नै त्यसको कमी भएपछि, उत्पादन गर्ने ठाउँमा नै त्यसको प्रभाव र असर भएपछि स्वभाविक रूपमा त्यसबाट अछुतो त हामी पनि रहन सक्दैनौँ नि । अति नै भएको छैन । त्यसकारणले तपाँईले भनेजस्तै समयमा नै भन्नुपर्ने समयमा नै ल्याउनुपर्ने । आम नागरिकलाई जे ईच्छा र आकांक्षा थियो त्यो समयमा नै पूरा गर्नुपर्ने हो हाईन । तर समस्या के पैदा भयो भन्दा विश्व बजारमा हामीले ल्याउन खोजेको खोपको अलिकति अभाव पनि भएको हुनाले समयमै ल्याउन सकिएन । त्यसकारणले कतिपय कठिनाईहरुले समयमा आउन सकेन । अब यो दोस्रो चरणको खोप लगाउने बेला आउँछ ।

दोस्रो चरणको खोप दिने पनि समय त भईसक्यो नि मन्त्रीज्यू ?

भएपछि फेरि त्यो के हुँदैछ भन्दाखेरि त्यसको लागि समय आउँदैछ । डाक्टरहरुले १२ १२ हप्ताको म्याद दिनुभएको छ । जति पहिले दिएको खोपको ग्याप पुरानो भयो त्यतिनै राम्रो हृुन्छ भन्ने विज्ञहरुको डब्लुएचओले निकालेको एउटा निष्र्कष हो । त्यसकारणले अहिले हतारिनुपर्ने अवस्था छैन । तर, आम नागरिकहरुको खोपप्रति आकर्षण छ । उहाँहरु एकदमै हतारिनुभएको छ । त्यो हामीले बुझेका छौँ । त्यो कुरालाई सरकार खासगरी स्वास्थ्य मन्त्रालयले छिटोभन्दा छिटो सम्बोधन गर्छ ।

मन्त्रीज्यु कोरोनाकै कारण पाँच हजार एक जनाको जीवन गयो ? तपाईँहरु अझैपनि जेमा पनि राजनीति गर्ने ?

होईन, राजनीति हामीले गरेका छैनँौ । राजनीति कहीँकतै त्यस्तो भएको आभाष पाउनुभएको छ भने कस्ले गर्यो कहाँ गर्यो ? उहाँसंगै प्रश्न गर्नुहोस उहाँहरुलाई नै भन्नुहोस् । मेरो कुरा के हो भने खोपको सन्दर्भमा आम रूपमा सबै राजनीतिक दलहरुले यसमा सहयोग, साथ र सर्मथन पनि दिनुभएको छ । त्यसकारण यसमा राजनीति भयो, वा यो भयो उ भयो भन्नु भन्दापनि एकमुस्ट रूपमा हामीहरुले खोप छिटोभन्दा छिटो लगाउनुपर्ने पनि छ । खोपप्रतिको आकर्षण अलि बेसी भएको यो मैले मात्रा होईन । तपार्इँले पनि बढि बुझिरहनुभएको छ । त्यसकारणले यसमा राजनीति त भएको छैन । र यसमा अरु कुनै चिज पनि भएको छैन ।

अब जनता बचाउनको लागि उपाय भनेको खोप हो मन्त्रीज्यु ? तपाईँहरुले खोप जतिछिटो ल्याउन सक्नुहुन्छ, अनिमात्रै जनताको जीवन रक्षा गर्न सकिन्छ मन्त्रीज्यु ?

विश्वका शक्तिशाली राष्ट्रहरुलाई विश्लेषण गर्ने हो भने दुई तीन वटा कुरा एउटा त तपाँईले भनिरहेको खोप भयो । अर्को हामीहरुले तपाईँहरुको मिडियाबाट भनिरहेको स्वास्थ्यका मापदण्डहरु भए, अर्को कुरो भनेको यो महामारी कतिपय समयमा कतिपय आफै कमजोर हँुदै जाने पनि एउटा आउला तर नेपालको सन्दर्भमा कतिपय डाक्टरहरुको अनुशनधानले विश्वव्यापी रुपमा कतिपय संस्थाले यो तीन चार हप्तानै जान्छ भन्ने नै छ । त्यहीपनि त्यो अवस्था भएको हुनाले गाउँ बस्थिमा पनि जा जो हाम्रो नागरिक ईन्डियाबाट फर्किनु भयो । त्यो गाउँ वस्तीमा पुगेजस्तो पनि देखिन्छ । त्यसकारणले मन्त्रालयले आफ्नो तयारी गरेकै छ । यी दुई तीनवटा कारणले कम हुने कुरा मैले भने त्यसकारण अहिले पनि धेरैजसो जिल्लाहरु निषेधाज्ञा गरेका छौँ । हामीहरुले यो निषेधाज्ञाको परिपालना गरिदिनुपर्यो फेरिपनि यो कुरा मैले दोहोर्याएकैछु । यो निषेधाज्ञाको परीणाम आउन बाँकी छ र हामीलाई के विश्वास छ भने यो मानिसको रहनसहन र उठबसले भन्दापनि जुन अलग अलग जुन हामी बसिरहेका छौँ । त्यही कारणले पनि भोलि कतिपय सहज हुन्छ । यो निषेधाज्ञा भनेको नै मानिसहरुलाई रोगबाट मुक्त गर्न सकिन्छ कि भन्ने हो ।

 



प्रतिक्रिया दिनुहोस्