Logo

एमाले कार्यदलको बैठक सिंहदरबारमा बस्दै



काठमाडौं, ४ जेठ । नेकपा (एमाले) को विवाद समाधानको लागि गठित कार्यदलको पहिलो बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली तर्फबाट कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले दिएको जानकारीअनुसार बैठक सिंहदरबारमा बस्नेछ । कार्यदलका सदस्य शंकर पोखरेल काठमाडौं उपत्यका बाहिर छन् ।

हिजो बस्ने भनिएको बैठक माधव नेपाल पक्षधरका संयोजक डा. भीम बहादुर रावलको स्वास्थ्य अवस्थाका कारण स्थगित् भएको थियो । तर, आज नेताहरुबीच बैठक बस्नेबारे फोनमार्फत कुराकानी भैसकेको र बैठकस्थलसमेत तय भैसकेको छ । कोरोना संक्रमणको अवस्थालाई ध्यान दिएर आफूहरुले बैठकस्थल सिंहदरबार चयन गरेको पनि नेम्वाङले जनाए ।

कार्यदलमा दुवै तर्फबाट पाँच पाँच जना सदस्य छन् । नेपाल पक्षले पार्टीलाई ०७५ जेठ २ गते फर्काउनुपर्ने र फागुन २८ गते र त्यसपछिका सबै निर्णय खारेज गर्नुपर्ने अडान राखेको छ । यसमा अध्यक्ष ओली सकारात्मक रहेको बुझिएको छ । तर, उनले यी सबै माग र मुद्दा कार्यदलले नै टुँगो लगाओस भनेर दश नेतालाई जिम्मा दिएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्