Logo

आज सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कतिमा कारोबार



काठमाडौं, ४ जेठ । आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । सोमबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ६ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, हिजो प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

महासंघको अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम