Logo

नेपाल सेवा लघुवित्तको साधारण सभा जेठ २४ गते



काठमाडौं, ४ जेठ । नेपाल सेवा लघुवित्तको जेठ २४ गते साधारण सभा हुने भएको छ । संस्थाको छैठौं सभा इन्द्रावती सेवा केन्द्र सिन्धुपाल्चोकमा बस्ने भएको हो ।

बिहान ११ बजे हुने सभाले विन लघुवित्तसँग गाभिने प्रस्तावमा छलफल गर्ने भएको छ । यसको साथै सभाले दुई संस्था एक आपसमा गाभिने, शेयर आदान प्रदान अनुपातलाई पारित गरेर मर्जरलाई स्विकृति दिने प्रस्ताव पनि गर्ने जनाइएको छ । मर्जर प्रयोजनार्थ पुसबाट लघुवित्तको शेयर कारोबार बन्द भएको छ ।



प्रतिक्रिया दिनुहोस्