Logo

प्रभु बैंकले निष्कासनमा ल्याउने ऋणपत्रको संख्यामा संशोधन



काठमाडौं, ४ जेठ । जेठ ११ गतेदेखि सार्वजनिक निष्कासन गर्न लागेको ऋणपत्रको संख्यालाई प्रभु बैंक लिमिटेडले संशोधन गरेको छ । सोमवार एक सुचना प्रकाशित गरी निष्कासन गर्न लागेको ऋणपत्रको संख्या १५ लाख ९७ हजार ५०० कित्ता हुनुपर्नेमा अन्यथा भएको भन्दै बैंकले सच्याएको हो ।

बैंकले ४ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । कुल ऋणपत्र मध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई छुट्टाइएको छ भने २४ लाख इकाई बैंकले आफ्नै तवरले संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी रहेका १६ लाख ७७ हजार ५०० इकाईमा सर्वसाधारणलाई बिक्री गर्ने जनाइएको छ ।

‘प्रभु बैंक डिबेन्चर २०८७’ नाम दिइएको यस ऋणपत्रको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर हुनेछ । कम्पनीेले विक्रीमा ल्याएको यस ऋणपत्रमा लगानीकर्ताले जेठ ११ गतेदेखि छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा जेठ २६ गतेसम्म न्युनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्