Logo

लुम्बिनी इन्स्योरेन्सले जेठ १४ गते बुक क्लोज गर्ने



काठमाडौं, ४ जेठ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आगामाी साधारण सभाको लागि जेठ १४ एक दिन बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सको सभा जेठ २८ गते अपरान्ह ४ बजे भर्चुअल माध्यमबाट हुने भएको हो ।

सभाले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । हाल कायम भएको कम्पनीको १ अर्ब १४ करोड १८ लाख रुपैयाँ चुक्तापुँजीको आधारमा लाभांश वितरण गर्नृ भएको हो ।

यससाथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन सहितका अन्य वित्तिय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १३ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्