Logo

बाबुरामको टिप्पणी : संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्



काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिष अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा फसिरहेको बताएका छन् । उनले पछिल्लो समय संविधानका स्तम्भ एकएक गरी ढलिरहेको पनि बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देशमा एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध रहेको अवस्था औंल्याएका छन् ।

उनले लेखेका छन्-“देश गम्भीर संकटमा फस्दैछ।एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न बैकल्पिक सरकार बन्न!संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्!सबै पार्टी/नेता निरीह!सर्पको मुखका भ्यागुता! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ?” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्