Logo

प्रभु बैंकले आज देशभर यी शाखाबाट सेवा दिने



काठमाडौं, ४ जेठ । कोभिड महामारीमा प्रभु बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आएको छ । आज जेठ ४ गते बैंकको उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयहरु विहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि खुल्ला हुने जानकारी दिएको छ ।

बैंकले लुम्बिनी प्रदेशको ३, कर्णली प्रदेशको ३, सुदुर पश्चिमको ३, प्रदेश नं १ कोे पाँच वटा शाखा, प्रदेश दुईको ३, बागमति प्रदेशको २७, गण्डकी प्रदेशको १३ शाखा कार्यालय कार्यालयबाट सेवा दिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्