Logo

बाग्मती प्रदेशको सबैभन्दा बढी काठमाडौंमा १ लाख ६५ हजार संक्रमित



काठमाडौं, ४ जेठ । सोमबार देशभर ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा उपत्यकामा मात्र हिजो ३ हजार ९८ जना नयाँ संक्रमित थपिएका हुन्् । स्वास्थ्य मन्त्रलायको अनुसार हिजो थपिएका संक्रमित मध्ये काठमाडौंमा २३४६ जना, भक्तपुरमा २९८ र ललितपुरमा ४५४ जना रहेका छन् ।

सोमबार मात्रै २१४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । देशभर ३० हजार ४५२ जना उपचाररत रहेका छन् । काठमाडौं जिल्लामा मात्र सोमबारसम्म १ लाख ६५ हजार ३७१ जना हालसम्म संक्रमित भएका छन् । तिमध्ये ९८ हजार १५६ जना पुरुष र ७६ हजार २१५ जना महिला रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसैगरी, भक्तपुुर जिल्लामा १६ हजार ८१३ जना संक्रमित भएका छन् । तिमध्ये ९ हजार २०७ जना पुरुष र ७ हजार ६०६ जना महिला रहेका छन् ।  त्यस्तै, ललितपुर जिल्लामा मात्रै २८ हजार १४७ जना संक्रमित भएका छन् । कुल संक्रमित मध्ये १५ हजार ३१९ जना पुरुष र १२ हजार ८२८ जना महिला रहेको छन् ।

नुवाकोटमा हालसम्म २७ सय ९७ जना संक्रमित रहेका छन् । जसमध्ये १८ सय ४१ पुरुष र ९५६ जना महिला संक्रमित रहेका छन् । बाग्मती प्रदेशको जिल्लामा २९ सय ९५ जना कुल संक्रमित रहेका छन् । जसमध्ये १९ सय ७१ जना पुरुष र १ हजार २४ जना महिला रहेका छन् ।

त्यस्तै, रसुवामा कुल ५ सय ३० जना संक्रमित भएकोमा ३९१ ज्ना पुरुष र १३९ जना महिला संक्रमित रहेका छन् । रामेछाप जिल्लामा पनि ११ सय ६८ जना संक्रमित रहेका छन् । जसमध्ये ७७३ जना पुरुष र ३९५ जना महिला रहेका छन् ।

मकवानपुर जिल्लामा ६५ सय ७९ जना संक्रमित मध्ये ४ हजार ५२ जना पुरुष र २५ सय २७ जना महिला रहेका छन् । यसैगरी, काभ्रेपलान्चोक जिल्लामा हालसम्म ६ हजार ३० जना संक्रमत रहेका छन् ति मध्ये ३४ सय ३० पुरुष र २६ सय महिला रहेका छन् ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्