Logo

प्रेमिकाले आत्महत्या गरेपछि भारतका पूर्वमन्त्रीविरुद्ध दुरुत्साहन मुद्दा



एजेन्सी, ४ जेठ । भारतीय कांग्रेसका विधायक तथा पूर्वमन्त्री उमंग सिंघारविरुद्व महिलालाई आत्महत्या दुरुत्साहनको आरोपमा मुद्दा दायर भएकोे छ । मृतक सोनिया भारद्वाजको सुसाइड नोट र परिवारका सदस्यको बयानको आधारमा सिंघारविरुद्व प्रहरीले मुद्दा दर्ता गरेको हो ।

सोमबार सिंघारको निजी घर भोपालमा उनकै महिला साथी सोनियाले झुण्डिएर आत्महत्या गरेकी थिइन् । सोधपुछको क्रममा सोनियाको आमा र छोराले पूर्वमन्त्री सिंघार र सोनिया चाँडैनै विवाह गर्ने तयारीमा रहेको प्रहरीलाई जानकारी दिएका छन् ।

भारतीय मिडियाले त्यहाँको प्रहरीको भनाई उदृत गर्दै दुवैको परिचय १ वर्ष अगाडि मेट्रिमोनियल साइटमा भएको थियो । उनीहरुबीच कुराकानी भएपछि कांग्रेसका विधायक सोनियाको परिवारलाई भेट्न अंबाला पुगेका थिए र उनीहरु चाँडै नै विवाह गर्न तयारीमा थिए ।

सोनियाको यस भन्दा अगाडी दुई पटक सम्बन्ध विच्छेद भइसकेको छ । उनको २० वर्षका छोरा पनि छन् । सिंघारले पनि आफ्नो पत्नीसँग सम्बन्ध विच्छेदको तयारीमा रहेको बुझिएको छ । विधायक सिंघारको पहिलो प्रेम विवाह भएको थियो उनको एक छोरा छन् । सोनियाको भोपालमा सोमबार अन्तिम संस्कार गरिएको छ । पूर्वमन्त्री पनि अन्तिम संस्कारमा सहभागी भएका थिए । उनले सोनियाको आमा र छोरालाई अंगालो हालेका थिए ।



प्रतिक्रिया दिनुहोस्