Logo

जसपाको कार्यकारिणी समिति बैठक जेठ ८ र ९ गते बस्ने



काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठक यही जेठ ८ र ९ गते बस्ने भएको छ। आज भएको अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको भेटवार्ता जारी संयुक्त विज्ञप्तीमा देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरुमा विचार विमर्श गरी निश्कर्षमा पुग्नुपर्ने भएकोले कार्यकारिणी बैठक डाकिएको जनाईएको छ ।

महन्थ र उपेन्द्रद्धारा संयुक्त विज्ञप्ती जारी : आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था भए अगाडि बढ्नेछौं


बैठक विहान ११ बजे पार्टी मुख्यालय बालकुमारीमा बस्ने पनि जनाईएको छ । आजमात्रै अध्यक्षद्धय ठाकुर र यादवले संयुक्त विज्ञप्ती जारी गरी विभिन्न ८ वटा विषयमा आफ्नो संयुक्त धारणा राखेका थिए । उनीहरुले तत्काल पार्टी सरकारमा नजाने पनि निर्णय गरेका छन् । बरु, आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था वा सहमति भए त्यसको लागि अगाडि बढ्ने पनि उनीहरुले निर्णय गरेका छन् । Leaders in meeting/File Photo-RN



प्रतिक्रिया दिनुहोस्