Logo

दुई डोज खोप लगाएका मुटु रोग विशेषज्ञ डा. अग्रवालको कोरोनाबाट मुत्यु



एजेन्सी, ४ जेठ । भारतको पद्य श्री बाट सम्मानित भएका चर्चित ह्दय रोग विशेषज्ञ डा. के.के. अग्रवालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । डा. अग्रवालले दुई डोज कोरोना खोप लिएका थिए ।

इन्डियन मेडिकल एसोसियशनका पुर्व राष्ट्रिय अध्यक्ष ६२ वर्षीय अग्रवालको हप्तादिन अगाडीदेखि एम्स अस्पतालमा उपचार भैरहेको वेबदुनियाले जनाएको छ । कोभिड–१९ को लामो लडाई पछि सोमबार राती ११ बजे उनले धर्तीमा अन्तिम सास लिएका थिए ।

कोरोना महामारीको क्रममा अग्रवाल मानिसहरुलाई जनचेतना फैलाउन लगातार प्रयासरत थिए । अग्रवालले तयार पारेका केही भिडियो तथा शैक्षिक कार्यक्रम करीब १० करोड मानिसहरुमा पुग्यो र धेरै मानिसको ज्यान जोगियो । तर, विडम्बना उनकै ज्यान जोगिएन् ।



प्रतिक्रिया दिनुहोस्