Logo

एमाले कार्यदलको बैठक दिउँसो ३ बजे बस्दै, भीम रावल र शंकर पोखरेल अनुपस्थित् हुने



काठमाडौं, ४ जेठ । नेकपा (एमाले) को आन्तरिक विवाद समाधानको लागि गठित कार्यदलको पहिलो बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको पछिल्लो भेटवार्तामा दश सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको थियो । र, उनीहरुले कार्यदलमा बस्ने नेताहरुको नाम समेत टुँगो लगाएका थिए ।

ओली पक्षबाट सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । नेपाल पक्षबाट भने डा. भीम बहादुर रावल, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे छन् । नेपाल पक्षले भने पार्टीलाई ०७५ जेठ २ गते फर्काउनुपर्ने अडान राखेको छ । यसमा ओली पक्ष सहमत भैसकेको छैन् ।

अध्यक्ष ओली र नेता नेपालले तीन दिनको समयसिमा दिएर विवाद समाधान गर्न कार्यदललाई भनेका छन् । तर, कार्यदल गठन भएको आज दोस्रो दिन हो । बैठक बस्न सकेको छैन् । आजको बैठकपनि गम्भीर रुपमा अघि बढ्न नसक्ने बुझिएको छ । कार्यदलका सदस्यहरु भीम रावल र शंकर पोखरेल आजको बैठकमा सहभागी नहुने बुझिएको छ । नेता रावलको आँखामा समस्या भएकोले आजको बैठकमा नजाने बुझिएको छ भने पोखरेल भने कामविशेषले यतिवेला दाङमा छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम