Logo

अस्थायी कोभिड अस्पताल बनाउन काँग्रेसले दियो भवन



मार्तडी,४ जेठ: जिल्लामा दिन प्रतिदिन नयाँ भेरियन्टका कोरोना सङ्क्रमित बढ्दै गएपछि उपचारमा अभाव हुन नदिन नेपाली काँग्रेस बाजुराले पार्टी कार्यालय रहेको विपी स्मृति भवनलाई अस्थायी कोभिड अस्पताल बनाउन दिने घोषणा गरेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३११ पुगेको र सङ्क्रमितलाई उपचारका लागि असहज नहुन दिनका लागि पार्टी कार्यालय नै कोभिड अस्पताल बनाउन दिने घोषणा गरेको काँग्रेस बाजुराका सभापति कविराज पण्डितले बताएका छन् ।

जिल्ला अस्पताल बाजुरामा समेत कोभिड अस्पताल बनाउने ठाउँ नभएको र दैनिक रुपमा बिरामीको सङ्ख्या बढ्दै गएकाले नागरिकको स्वास्थ्योपचारका लागि पार्टीका नेताहरुको सल्लाहअनुसार नै उक्त कार्यालय कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको पार्टीका सचिव दीपकविक्रम शाहले जानकारी दिए । नागरिकको स्वास्थ्य उपचार नै ठूलो भएकाले पार्टी कार्यालय सहज रुपमा कोभिड अस्पताल बनाउन जिल्ला सङ्कट व्यवस्थापन समितिलाई जानकारी गराएको सचिव शाहले बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्