Logo

कोरोनाको दोस्रो लहरले भारतमा २७० चिकित्सकको मुत्यु, सबैभन्दा बढी बिहारमा



एजेन्सी, ४ जेठ । आज भारतीय चिकित्सक संघले कोरोना भाइरसको दोस्रो लहरको संक्रमणबाट २७० जना चिकित्सकको मृत्यु भएको बताएको छ । संघको सुचीमा सोमबार निधन भएका आईएमएका पुर्व अध्यक्ष डा. के.के. अग्रवालको नाम पनि उल्लेख छ । उनको संक्रमणबाट हिजो निधन भएको थियो ।

संघको आँकडा अनुसार सबैभन्दा धेरै ७८ जना बिहारका चिकित्सकको मृत्यु भएको छ । बिहारपछि उत्तर प्रदेशमा ३७, दिल्लीमा २९ र आन्ध्र प्रदेशमा २२ जना चिकित्सकको संक्रमणबाट निधन भएको छ ।

भारतिय मिडियाले आईएमएको आँकडा उद्वत गर्दै पहिलो कोरोना महामारीमा ७४८ जना चिकित्सकको निधन संक्रमणबाट भएको थियो । आईएमइको अनुसार पहिलो भन्दा कोरोनाको दोस्रो लहर सबैको लागि धेरै घातक भएको जनाएको छ । त्यसमा पनि स्वास्थ्य कर्मचारी, जो अग्रभागमा खटेर काम गर्छन् ।



प्रतिक्रिया दिनुहोस्