Logo

हेलिकोप्टरबाट काठमाडौं ल्याइएका जसपा नेता जीतेन्द्र सिंहको कोरोना संक्रमणबाट निधन



काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य जीतेन्द्र सिंहको निधन भएको छ । उनको आज उपचारका क्रममा निधन भएको हो ।

सिंहलाई सोमबार हेलिकोप्टरबाट आकस्मिक उपचारका लागि काठमाडौं ल्याइएको थियो । जटिल अवस्थामा ल्याइएका सिंहको विहान निधन भएको हो ।

प्राविधिक क्षेत्रमा लामो समय काम गरेका सिंह हेटौंडास्थित वन विज्ञान क्याम्पसमा स्ववियु सभापति पनि बनेका थिए । उनी काँग्रेसको राजनीति गर्दै मधेश आन्दोलन अगाडि मधेशवादी दलमा सक्रिय भएका थिए ।



प्रतिक्रिया दिनुहोस्