Logo

कोरोनासँग जुझिरहेका निर्देशक लामिछाने भन्छन्, ‘आज आत्मा दुखेको छ’



काठमाडौं, ४ जेठ । नेपाली फिल्मका निर्देशक ऋषि लामिछाने कोरोना संक्रमित भएपछि ४ दिनदेखि अस्पतामा भर्ना भएका छन् । उनको धापासीमा रहेको ग्रान्डी अस्पतालमा उपचार भैरहेको छ ।

उनीसहित उनकी श्रीमती तथा कलाकार सरीता लामिछाने र छोरी समृद्वि पनि संक्रमित भएका थिए । तर, उनीहरुको अवस्था सामान्य छ । निर्देशक लामिछाने निमोनिया बढेपछि अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको स्रोतले जनाएको छ।

अस्पतालमा उपचार गराइरहेका लामिछानेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक स्ट्याटस लेखेका छन् । उनले पुरै जीवन दुेखेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘ आज हस्पिटल बसाईको चौथो दिन !
कोठाको ४ वटा भित्ताले घरि घरि पिडा दिईरहेछ्न ! असाध्य असहज र पिडादायि लाग्थ्यो दुख्ने शरिर , मन र मुटु मात्र हुन्छ! यहा त सपना पनी , बिपना पनी , कल्पना पनी सबै दुख्दो रैछ ! पुरा जीवन दुखेको छ ! अस्ति अस्ति शरिर दुख्दा पिडाले रोएको थिए !’

चार दिन देखि अस्पतालको बेडमा रहेका निर्देशक लामिछानेले अगाडी लेखेका छन्, ‘आज आत्म दुखेको छ ग्रान्डी हस्पिटलको नबौ तल्ला बाट बाहिर हेर्दै चिच्याई चिच्याई कराउन मन लागेको छ ! बिहानै एकजना हेरचाह गर्ने बहिनी आएर भनिन पल्लो कोठामा कोरोना सङ्ग लड्दै गरेको एकजना दाईले भन्नुभयो रे कहिले काहि मृत्यु भन्दा जीवन असहज लाग्दोरैछ ।’

तस्वीरः ऋषि लामिछानेको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्