Logo

शेयर बजारमा ११ अर्बको कारोबार हुँदा यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, ४ जेठ । शेयर बजारमा आज दुई नयाँ रेकर्ड कायम भएका छन् । मंगलबार परिसुचक र शेयर कारोबार दुवै उच्च भएको हो । आज नेप्से ३४ दशमलव ६८ अंकले बढेर अहिलेसम्मकै उच्च २७ सय ९३ दशमलव ८९ विन्दुमा पुगेको हो । ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँ बराबरको आज २ करोड ३१ लाख ३१ हजार ६१५ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य १६ सय ९३ रुपैयाँ अन्तिम मुल्य कायम भई ६७ करोड ९२ लाख भन्दा बढीको कारोबार भएको हो ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडको ३१ करोड ५६ लाख भन्दा बढीको कारोबार भएको छ । कम्पनीको १२ सय ३६ रुपैयाँ प्रतिकित्ता अन्तिम शेयरमुल्य कायम भएको छ । त्यस्तै, अरुण कावेली पावर लिमिटेडको ३१ करोड ४३ लाख र आइएमी जेनरल इन्स्योरेन्सको ३० करोड ८४ लाख भन्दा बढीको कारोबार भएको छ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम