Logo

आज यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, ४ जेठ । आज शेयर बजारमा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँ बराबरको २ करोड ३१ लाख ३१ हजार ६१५ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ । मंगलबार म्यानुफ्याक्चरिङ एण्ड प्रोडक्ट समुहको बाहेक अन्य सबै उपसमुहको नेप्से सुचक बढेको छ  ।

मंगलबार ११ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, २३ कम्पनीको सर्किट लेभलमा शेयर कारोबार भएको छ ।

घलेम्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, समता लघुवित्त, नेशनल हाइड्रोपावर, मिथिला लघुवित्त, विशाल बजार, कालिका पावर कम्पनीका १० प्रतिशतले शेयरमुल्य बढेको हो । यी कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्