Logo

लुम्बिनी प्रदेश प्रमुख यादवद्वारा प्रदेश सभाको अधिवेशन डाक्न अस्वीकार (पत्रसहित)



बुटवल, ४ जेठ । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन बोलाउन परेको निवेदनलाई अस्वीकृत गरिदिएका छन् । उनले आज निवेदनको वाक्यांश उल्लेख गर्दै संविधान अनुसार अधिवेशन आव्हान गर्न नमिल्ने जानकारी गराएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका २ सांसद समेतले प्रदेश सभाको अधिवेशन बोलाउन निवेदन दिएका थिए । २६ वैशाखमा दिएको निवेदनका सम्बन्धमा धारा ११ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश बामोजिम हाल अधिवेशन आव्हान गर्न मिल्ने अवस्था नदेखिएको यादवले उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्