Logo

एमाले विवाद समाधान गर्न गठित कार्यदलको आचारसंहिता बनाउने सहमति, भोलि पनि बैठक



काठमाडौं, ४ वैशाख । नेकपा एमालेका अध्यक्ष बीचको विवाद समाधानका लागि गठित कार्यदलको बैठक भोलि पुनः बस्ने गरी सकिएको छ । अपरान्ह सम्पन्न बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तय गर्ने निर्णय लिएको नेता भीम रावलले जानकारी दिए ।

रावलका अनुसार यथोचित् रुपमा पार्टी एकता र समझदारी वृद्धि गर्ने, एक आपसको अन्तरविरोध अन्त गर्न सम्पूर्ण पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय समेत गरेको बताए । उनले समस्या समाधान गर्न कार्यदल गठन भएकोले समाधान हुने विश्वास समेत व्यक्त गरे ।

ओली र नेपालबीच कार्यदल बनाएर अगाडि बढ्ने सहमतिबाट विभाजन टरेको थियो । त्यसपछि दुवै समूहका गरी १० नेता राखेर कार्यदल गठन भएको छ ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्