Logo

महतोलाई रोक्न यादवको पत्र दुई दिन अघि नै दर्ता



काठमाडौं, ४ जेठ । डोलेश्वरमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूहका सांसद जम्मा भई राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने निर्णय भएको सूचना पाएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले २ जेठमा संसद सचिवालयमा पत्र लेखे । उक्त पत्रमा संसदीय दलको नेता चयन भएको भनी सचिवालयमा जानकारी दिएको भए अवैधानिक हुने जिकिर गर्दै मान्यता प्रदान नगर्न भनियो ।

उपेन्द्र यादवले हस्ताक्षर गरेको पत्रमा जसपा संसदीयदलको विधान अनुमोदन नभएको र केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन पनि नभएको जानकारी गराइएको छ । उक्त पत्र दर्ता भएको दुई दिनपछि आज संसद सचिवालयमा महन्थ ठाकुरको हस्ताक्षरमा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएको पत्र दर्ता गरिएको छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आफ्नो दलको नेतृत्वमा सरकार बनाउन अगाडि बढ्नेसहित ८ बुँदे सहमति भएलगत्तै संसदीय दलको नेता चयनको विषय बाहिर आएको हो । तर, यादवले चयनबारे हस्ताक्षर नगरेकाले यसमाथि प्रश्न उठेको छ ।

 



प्रतिक्रिया दिनुहोस्