Logo

सेरमका सिइओले भनेः भाइरसलाई विश्वका हरेक व्यक्तिले नजितेसम्म हामी सुरक्षित हुँदैनौं



एजेन्सी, ४ जेठ । भारतको भ्याक्सिन निर्माता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका कार्यकारी निर्देशक अडर पुनावालाले कोरोना भाइरसलाई विश्वको हरेक व्यक्तिले नजितेसम्म कोहीपनि सुरक्षित नहुने बताएका छन् । उनले आज प्रेस विज्ञप्तिमार्फत् विश्वको सबै व्यक्तिले भ्याक्सिन पाउनुपर्ने मान्यताका साथ आफूहरुले कोभ्याक्स कार्यक्रम अन्र्तगत विश्वभर भ्याक्सिन वितरण गरेको उल्लेख गरेका छन् ।

भारतका जनताले भ्याक्सिन नपाइरहेको अवस्थामा बाह्य मुलुकमा निर्यात गरिएको भन्ने चर्चा चलेपछि त्यहाँ आलोचित बनेका पुनावालाले विश्वभरका नागरिकले भ्याक्सिन पाउन अझै ३ वर्ष लाग्नसक्ने बताएका छन् । उनले भ्याक्सिन केही दिनमा बनिहाल्ने र लगाइहाल्ने विषय नभएको समेत स्पष्ट पारेका छन् ।

बेलायतमा रहेका अदर पुनिवालाले भारतीय जनतालाई बेवास्ता गरेर भ्याक्सिन विदेश निर्यात नगरेको समेत उल्लेख गरेका छन् । उनले यस वर्षको अन्तसम्म कोभ्याक्स कार्यक्रम अन्र्तगत सँसारभर भ्याक्सिन उपलब्ध गराउने योजना समेत बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot