Logo

माधव नेपालले बादललाई भने : देवकोटालाई मेरै पहलमा उम्मेद्वार बनाएकोले अहिले अन्यथा गर्न सकिँदैन्



काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालको सचिवालयले गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभा निर्वाचनमा सघाउने सहमति भएको भनेर बाहिर आएको कुरामा सत्यता नभएको स्पष्ट पारेको छ । नेपालको सचिवालयले सामाजिक सञ्जालमार्फत खिमलाल देवकोटा नै माधव नेपालको उम्मेद्धवार भएकोले अहिले अन्यथा हुन नसक्ने जवाफ नेपालले बादललाई दिएको जनाईएको छ ।

नेता नेपालका स्वकिय सचिव मोहन गौतमले लेखेका छन्-

आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो । त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।
मोहन गौतम
पूर्व प्रधानमन्त्री मा. माधवकुमार नेपालको सचिवालय
२०७८ जेष्ठ ४ गते

 



प्रतिक्रिया दिनुहोस्