Logo

सरकार असफल भएकोले विदेशीहरुले पनि अहिले नपत्याएका हुन् : उपेन्द्र यादव (भिडिओसहित)



काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा अब गम्भीर विवाद नरहेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले पार्टीभित्र गुट रहेको भने स्विकारेका छन् ।

उनले नेताहरुले पार्टी अध्यक्षको बारेमा आलोचना गर्न पाउने भएपनि कुन विषय कहाँ बोल्ने ? भन्ने कुरा महत्वपूर्ण रहेको बताएका छन् । वर्तमान सरकार कोरोना नियन्त्रण तथा रोकथाम गर्नको लागि असफल भएको दाबी गरेका छन् । उनले असफल सरकार भएकोले विदेशीहरुले पनि नपत्याएको दाबी गरे ।

उनले भने-“असफल सरकारलाई, जुन सरकार आफ्नै देशमा असफल हुन्छ नि, विदेशीहरुले पनि त्यसलाई पत्याउँदैन् । नपत्याएकै हो अहिले । गलत नेतृत्वको हातमा देश पुगेपछि, भीजन नभएका व्यक्तिले, दुरदृष्टि नभएको व्यक्तिले जब सत्ताको नेतृत्व लिन्छ, तब जनताको दुरदर्शा हुन्छ । त्यसमापनि गरिब जनतालाई धेरै असर पर्छ ।”



प्रतिक्रिया दिनुहोस्