Logo

आज विहान गएको भूकम्पले सात वटा घर भत्कायो, तीनजना घाइते



काठमाडौं, जेठ ५ । लम्जुङ केन्द्रविन्दू भएर आज विहान गएको भूकम्पको कम्पन्नले सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना घाइतेसमेत भएका छन् ।

भूकम्पमा सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्