Logo

चक्रवात ताउ-ते को प्रभावले वर्षाको सम्भावना



काठमाडौं, ५ जेठ । अरब सागरबाट भारतको गुजरात हुँदै पश्चिमोत्तरतर्फ बढेको चक्रवात ताउ-ते को प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशमा पश्चिम न्यून चापीय प्रणाली तथा चक्रवात ताउ-ते को प्रभाव रहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, सुदुर पश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भू भागका केही स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी क्षेत्रका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपमतको सम्भावना रहेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्