Logo

प्रधानमन्त्री ओलीको रणनीति : जेठ १५ अघि नै विश्वासको मत लिने, मत लिन असफल भए संसद् विघटन गरेर चुनावमा जाने



काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते भन्दा अघि नै संसदमा विश्वासको मत लिनेगरि तयारी थालेका छन् । प्रधामन्त्री ओलीले हालै बसेको मन्त्रिपरिषद बैठकमा समेत यसबारेमा मन्त्रीहरुलाई ब्रिफिङ गरिसकेका छन् । एक मन्त्रीले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले बजेट ल्याउनुभन्दा अघि नै संसदमा विश्वासको मत लिने आफ्नो योजना सुनाएका थिए । र, यसको लागि वातावरण पनि बनिरहेको प्रधानमन्त्रीको विश्वास थियो । स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेलासम्म एमालेलाई एक ढिक्का राख्न सके भने जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई विश्वासमा लिँदा सजिलै विश्वासको मत लिन सकिने योजना बनाएका छन् । सोहीअनुसार उनी यतिवेला जसपाका माग र मुद्दा सम्बोधनको तयारीमा जुटेका छन् । यसअघि प्रधानमन्त्री ओलीलाई सदनमा विश्वासको मत नदिई तटस्थ बसेको जसपाको ठाकुर महतो पक्ष यो पटकपनि तटस्थ बस्ने योजनामा छ ।

पार्टीका नेताहरुलाई प्रचण्डको ब्रिफिङ : अब महन्थजीलाई नै प्रधानमन्त्री बनाउने तयारी छ

ठाकुरले पछिल्लो समय प्रधानमन्त्री ओलीलाई भेटेरै आफ्नो खड्गो मात्रै टार्ने अनि हामीलाई बेवास्ता गर्ने काम हुन लागेको भन्दै अब सहयोग गर्न नसकिने जवाफ दिएको जसपानिकट स्रोतको दाबी छ । हिजोमात्रै, अध्यक्ष ठाकुरले जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवसँग मिलेर संयुत्तः विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीमाथि दबाब सिर्जना गरेका छन् । ठाकुर र यादवले अब कसैको सरकारमा पनि नजाने बरु आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर पाए त्यसलाई उपयोग गर्ने पनि जनाएका छन् । ठाकुर र यादवको विज्ञप्तीले प्रधानमन्त्री ओली दबाबमा परेका छन् ।

महन्थलाई प्रधानमन्त्री बनाउनेगरि विपक्षी गठबन्धन छलफलमा, देउवा-दाहाल सकारात्मक

उता, आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँगको वार्ता तथा छलफल सहमतितर्फ ठोस रुपमा अघि बढ्न नसक्नु र यता जसपाले पनि अब साथ दिन नसक्ने भनेर सार्वजनिक रुपमै वक्तव्य निकाल्नुले प्रधानमन्त्री थप दबाबमा पुगेका छन् । हुन त एमालेको आन्तरिक विवाद हल गर्नको लागि दश सदस्यीय कार्यदल गठन गरिएको छ ।

दलको नेताबाट महतोलाई ब्याक गराउने तयारी

कार्यदलको पहिलो बैठक हिजो बसेको थियो। तर, कार्यदलको समयसिमा आजै सकिँदैछ । हिजोका बैठकमा आचारसंहिता बनाउने निर्णय गरेको थियो । बैठक आजपनि बस्ने कार्यदलका माधव नेपाल तर्फका संयोजक भीम रावलले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । प्रधानमन्त्री ओलीले पनि आफूनिकट नेताहरुसँगको छलफललाई तिव्रता दिएका छन् । उनले सकेसम्म जेठ १० गतेदेखि १५ गतेसम्मै विश्वासको मत लिने योजना बनाएका छन् । यदि विश्वासको मत लिन नसके तत्काल संसद विघटन गरेर चुनावमा जाने उनको रणनीति रहेको विश्वस्त स्रोतको दाबी छ । File Photo/RN-Source: Surya Thapa/Faceboook



प्रतिक्रिया दिनुहोस्