Logo

सिद्धार्थ बैंकद्धारा प्रदेश १ सरकारलाई १० लाख सहयोग



काठमाडौं, ५ जेठ । प्रदेश १ सरकारलाई सिद्धार्थ बैंकले कोरोना महामारी नियन्त्रणका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ ।

प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ बैंक प्रदेश कार्यालयका प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हुन् ।

उक्त कार्यक्रममा बैंकका विराटनगर शाखाका प्रबन्धक सुर्यप्रसाद शर्मा, आन्तरिक मामिला तथा कानुन सचिव राजेन्द्रकुमार पौडेलको उपस्थित रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्