Logo

भोलि हुने निर्वाचनमा बादललाई अत्यधिक मतले जिताउन प्रधानमन्त्री ओलीको अपिल



काठमाडौं, ५ जेठ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको भोलि हुन गैरहेको बाग्मती प्रदेशको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्धवार रामबहादुर थापा बादललाई अत्यधिक बहुमतले जिताउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

आज एक विक्तव्य निकाल्दै प्रधानमन्त्री ओलीले भनेका छन्-“यस निर्वाचनमा हाम्रो एकतावद्ध संकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाईमा पुर्याउनेछ । अतः यस निर्वाचनमा पार्टीका उम्मेद्धवार माननीय रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु ।”



प्रतिक्रिया दिनुहोस्