Logo

युपी सरकारका मन्त्री विजय कश्यपको कोरोना संक्रमणबाट मुत्यु



एजेन्सी, ५ जेठ । उत्तरप्रदेश सरकारका मन्त्री तथा भारतीय जनता पार्टीका विधायक विजय कश्यपको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । चार हप्तादेखि कोरोना संक्रमणसँग जुझिरहेका कश्यपको गुड्गांवको एक अस्पतालमा मंगलबार निधन भएको हो ।

मुजफ्फरनगरको चरथावल विधानसभाबाट विधायक बनेका कश्यपले मेदान्त अस्पतामा अन्तिम सास लिएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै भाजपाका नेता कश्यपको निधनमा शोक व्यक्त गरेका छन् । मोदीले कश्यप जनताको हितमा समर्पित नेता भएको बताएका छन् । Webdunia



प्रतिक्रिया दिनुहोस्