Logo

मोदीको लोकप्रियतामा भारी गिराबट आएको सर्वेको दाबी



नयाँ दिल्ली, ५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियतामा भारी गिराबट आएको एक सर्वेले दाबी गरेको छ । भारतीय जनता यतिवेला कोरोनाको दोस्रो महामारीले आक्रान्त छन् । दिनहुँ हजारौंको संख्यामा नागरिकले ज्यान गुमाएका छन् । संक्रमितको संख्या करोडौं नाघिसकेको छ। आफ्नो नागरिको ज्यान जोगाउन असफल भएको भन्दै यतिवेला मोदी सरकारको चौतर्फी आलोचना भैरहेको छ । यही मौकामा मोदीको लोकप्रियतामा भारी गिराबट आएको रिपोर्ट सार्वजनिक भएको छ ।

मोदी सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री भएका हुन् । त्यसपछि सन् २०१९ मा उनी अत्यधिक बहुमत हाँसिल गर्दै दोस्रो पटक प्रधानमन्त्री भएका हुन् । अहिले भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिएको छ । भारतको पूरै प्रणाली नै ध्वस्त भएको छ । कुनैपनि सिस्टमले काम नगरेको मिडियाहरुको दाबी छ । आम जनताको हालत बेहाल भएको छ ।

बिबिसी हिन्दीकाअनुसार यो हप्तामात्रै भारतमा कोरोना संक्रमण हुनेको संख्या अढाई करोड पुगेको छ । अमेरिकी डेटा इन्टिलिजेन्स कम्पनी मर्निङ कन्सल्टले मोदीको लोकप्रियतालाई लिएर गरेको सर्भे हिजो मंगलबार सार्वजनिक गरेको थियो । उक्त संस्थाले मोदीको लोकप्रियतालाई लिएर सन् २०१९ को अगष्टबाटै आफ्नो सर्वे सुरु गरेको थियो । त्यतिवेलादेखि आजसम्मको मोदीको लोकप्रियतामा भारी गिरावट आएको हो ।

यो हप्ता मोदीको लोकप्रियतालाई कुल अंक ६३ मात्रै दिईएको छ । गत अप्रिलको तुलनामा यो २२ अंकले कम हो । कोरोना प्रकोप बढेकै कारण मोदीको लोकप्रियतामा भारी गिरावट आएको जनाईएको छ । तर, भारत सरकारले भने पूरै तागद लगाएर आफूहरु कोभिडविरुद्ध लडिरहेको जनाएको छ । Photo Source: Getty Image



प्रतिक्रिया दिनुहोस्