Logo

बिपासा बसुले विवाह अगाडी रोमान्स गरेका यी हुन् तीन पुरुष



एजेन्सी, ५ जेठ । बलिउड अभिनेत्री बिपासा बसु हाल ४० वर्ष भएकी छिन् । बिपासा फिल्ममा गरेको अभिनय भन्दा धेरै बोल्ड तस्वीर र रोमान्सको कारण चर्चामा रहिन् । हाल उनले करण सिंह ग्रोवरसँग वैवाहिक जीवनको आनन्द लिइरहेकी छिन् । २०१६ मा उनीहरुको विवाह भएको थियो, तर विवाह गर्नुभन्दा पहिले २० वर्षसम्म रोमान्समा बिताइन् । करण आउनु भन्दा अगाडी उनको जीवनमा तीन पुरुष थिए ।

डीनो मोरियाः १७ वर्षको उमेरमा बिपासा अभिनेता तथा मोडल डीनो मोरियाको दिलमा बसेकी थिइन् । डीनो धेरै आकर्षक थिए, केटीहरु उनको लाइन लाग्थे । तर, उनको मन बिपासामा बस्यो । यी दुईले लगभग ६ वर्ष रोमान्स गरे । बे्रकअप पछि पनि उनीहरु राम्रो साथी छन् ।

जोन अब्राहमः फिल्म ‘जिस्म’मा बिपासाको हिरो जोन अब्राहम थिए । जोन पनि निकै आकर्षक र हेन्डसम थिए । सुटिङको क्रममा उनीहरु एक आपसमा नजिक भए । फिल्ममा पनि हिट जोडीको रुपमा पहिचान बनाए । १० वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने तयारीमा रहेको यो जोडी एकाएक छुटिएको हो ।

हरमन बावेजाः जोन टाढीएसँगै बिपासाको जिन्दगीमा हरमन बावेजाले प्रवेश गरे । हरमनको प्रियंका चोपडासँग भर्खरमात्रै ब्रेकअप भएको थियो र बिपासाको जोन सँग । यसकारण पनि दुर्वजना एक आपसमा धेरै नजिक भए । बिपासा र हरमन विवाह गर्न चाहेका थिए । तर, हरमनको परिवार विवाह गर्न तयार नभएपछि ३ वर्षको प्रेम सम्बन्धलाई बिदाई गर्दै बिपासासँग हरमन अलग भएका थिए ।

करण सिंह ग्रोवरः फिल्म ‘अलोन’को सेटमा बिपासाको भेट करण सिंह ग्रोवरसँग भएको थियो । उनको भर्खरै मात्र वैवाहिक सम्बन्ध टुुटेको थियो । बिवासाको दिल करणले जिते । एक वर्षको रोमान्सपछि विवाह गर्ने निर्णय गरे । हाल वैवाहिक जीवनमा दुवैजना रमाइरहेका छन् । उनीहरुको फोटो–भिडियो सामाजिक सञ्जालमा निरन्तर आइरहन्छ ।

 



प्रतिक्रिया दिनुहोस्