Logo

पाल्पामा अक्सिजन प्लान्टका लागि बजेट स्वीकृत



राँझा, ५ जेठ: पाल्पामा अक्सिजन प्लान्ट निर्माणका लागि बजेट स्वीकृत भएको छ । पूर्व भूमिसुधारमन्त्री दलबहादुर रानाको पहलमा गृह जिल्ला पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्न तत्कालका निम्ति रु एक करोड ५० लाख स्वीकृत भएको हो । जिल्ला समन्वय समिति र कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लामा कोरोना सङ्क्रमण दर बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालमा प्लान्ट स्थापना गर्नका लागि बजेट माग भएअनुसार स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको सङ्घीय सांसद रानाले बताए ।

सङ्क्रमणदर बढ्दै जाँदा बिरामीलाई अक्सिजन आवश्यकता हुने र जिल्लामा अक्सिजन प्लान्ट नहुँदा अक्सिजन आपूर्ति गर्न समस्या भएकाले जिल्ला अस्पतालमा दु्रत गतिमा काम शुरु गर्ने योजना रहेको जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मीरा मरासिनीले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्