Logo

ऐश्वर्यसँगको भेट र भेट्न नपाएको महारानी ऐश्वर्या



रुबी राणाः यो तस्वीर सन् १९९५ को हो। पेप्सीकोला हिरक साझ 1995 दौरानको घटना फेरि मेरो मानस पटलमा ताजा भएर आयो।
यो तस्वीर त्यति बेलाका सम्माननीय प्रधामन्त्री मन मोहन अधिकारीज्यु, विश्व सुन्दरी एश्वरय राय पेप्सीकोलाकी brand ambassador र म, प्रथम नेपाल सुन्दरी रुबी राणाको हो।
धेरै धेरै धन्यवाद वहाँ भाइ चित्रकारलाई यो तस्वीरकोलागि। वहाँ ले fb मा राख्नु भएको थियो र मैले save गरेर आफ्नो मनमा लागेको कुरा share गर्दै छु। अन्यथा नलिनुहोला।
त्यही दिन हाम्रो, म रुबी राणा शाह अनि विश्व सुन्दरी एश्वरय रायको बडा महारानी एश्वरय राज्य लक्ष्मी शाहसङ्गको दरबारमा दर्शन भेटको कार्यक्रम तय भएको थियो।
एकदमै खुशी लागेको थियो, रानी सङ्ग भेट्न र कुराकानी गर्न।
तर एक्कासि मलाई आयोजकबाट,”तिमी जानु पर्दैन रानीले विश्व सुन्दरीलाई मात्र दर्शन टक्राउने” खबरले मनै खिन्न बनायो।
म असमन्जसमा परे!!!
“किन र??” यही प्रश्न थियो मेरो।
“खै! थाहा भएन”, भन्दा मलाई साह्रै दुख लाग्यो।
“किन होला मैले मेरै देशको रानीलाई भेट्न नपाउने!? ” मनमनै खिन्न भावनाले मलाई खादै थियो।
बिरगंज शहरको छपकैया गाउँको बासिन्दा क्याप्टेन जनक जङ्ग बहादुर राणा र कमला देवी राणाको पक्कै पनि princess थिए म। र नेपालको प्रथम नेपाल सुन्दरी।
किन दर्शन दिन खोजिबक्सिएन रहस्य नै रहने भो मनमा।
अथवा राणाकी छोरी हो भनेर तर्सिबक्सेको हो कि!!
मलाई त मेरो रानीलाई साक्षात दर्शन गर्नुथियो। ‘उकाली ओराली ‘गीतकी चान्दनीको उज्यालो मुहारलाई नजिकबाट न्याल्नु थियो। रानीको भुक्क फुलेको देवीको जस्तै केश सज्जा हेर्ने धोको थियो।
कान्धमा सिफन साडीको सप्कोमा के बुट्टा छ भनी हेर्नु थियो।
कमल कोपिलाजस्तो हातमा काचका चुराहरु खन्केको आवाज सुन्नु थियो।
जति मैले मेरो रानीलाई चिनेको थिए विश्व सुन्दरीले के चिनेकी थिइ होला!!??
मलाई किन न भेट दिबक्सेको होला??
हो पाहुना इश्वर हुन् । मान्दछु,!!
(र म को!!?)
म त आफ्नै देशको चेलीबेटी , छोरी!!
मलाई अपहेलित गरे जस्तो भावना लाग्यो।
माइतिमा छोरीलाई प्रवेश निषेधाज्ञा गरे जस्तो हिन भावनाले मलाई मेरो ताजको महत्त्व र चमक धमिलो लाग्न थाल्यो।
मनमा अनेकौं प्रश्नले जालो बुन्दै जादा आखाबाट आसुका धारले रानी प्रतिको मायालाई पखाल्दै गयो।
मनलाई कठोर बनाएर मैले रानीलाई भेट्ने सपनालाई त्यागे।
हुन सक्छ यो मेरो मनको बह मात्र हो।
यही दृढ़ सन्कल्पका साथ म आफै खुशी रहे म आफ्नो मनको रानी बन्न सक्छु।
मनको रानी ,धनको रानी हैन!!!
त्यो यही दिनको तस्वीर हो। एश्वर्य रायले बडा महारानीलाई भेटेर आए पछि हामी बालुवाटार प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीज्युलाई भेट्न गएका थियौ।
कालो चिल्लो मर्सडिज कारमा विश्व सुन्दरी र नेपाल सुन्दरी चडेर।
मलाई सम्झना छ विश्व सुन्दरी अङ्ग्रेजीमा बडा महारानीको खुबै बयान गर्दै थिइन् र म सुनी रहेको थिए ,केही नबोली।
मेरो मनको पीडा र डाहले मन पोल्दै थियोे । एक शब्द केही नबोली मैले कुनै प्रतिक्रिया जनाइन।
“Are you ok ?” भनेर पनि सोधिन् विश्व सुन्दरीले।
मैले मुन्टो मात्र हलाएर जवाफ दिए।
तर जब मैले प्रधानमन्त्रीज्यु र वहाँको श्रीमती लाई भेटे मेरो mood एकदमै सित परिवर्तन भो।
अति सरल र मिजासिलो । वहाँको श्रीमतीले गरेको आदर सत्कार र कुराकानीले मलाई अति नै प्रफुलित बनायो।
अभिभावक जस्तो व्यवहारले म आफुलाई छोरी जस्तो अनुभव हुन थाल्यो।
वहाँले भन्नुभो , हामी देश बासीहरु एकदमै खुशी छौ तिमि लाई नेपाल सुन्दरी देख्न पाउदा। नेपालको यो प्रथम प्रयास हो। निरन्तरता जारी रहोस् !”
पछाडी बाट मधुरो स्वरमा ,” हाम्री नेपाल सुन्दरी पनि निक्कै अग्ली रहेछिन् ” प्रधानमन्त्रीज्युको श्रीमतीले भन्नुहुदा सबै अटहास भएर हासेका थियौ।
समझनाका कुराहरु जुन मैले व्यक्त गरे यो एउटा मनमा बिझेको काडा जस्तो थियो। जुन आज निकालेर हजुर समक्ष पेश गर्दैछु।
र पनि मेरो मनको रानीले बडा महारानी एश्वर्यलाई सधै खोजी रह्यो।
भाग्यमा भेट्ने थिएन होला र पो भेट भएन भनेर मेरो मनको रानीले मलाई बेला बेला सम्झाउछे!!
( प्रथम नेपाल सुन्दरी रुबी राणाको फेसबुकबाट साभार)



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम