Logo

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, ५ जेठ । नेप्सेमा आज ११ अर्ब ९५ करोड ८० लाख भन्दा बढीको शेयर कारोबार हुँदा केही कम्पनीको शेयरमुल्यमा उच्च वृद्वि भएको छ ।

नेप्सेको अनुसार आज समता घरेलु लघुवित्तको ९.९९ प्रतिशतले शेयरमुल्य बढेको छ । संस्थाको प्रतिकित्ता शेयरमुल्य १५५ रुपैयाँले बढेर १७ सय ६ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

त्यस्तै, रुरु जलविद्युत कम्पनीको ९.९६ प्रतिशतले शेयरमुल्य बढेको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य १०६ रुपैयाँले बढेर ११ सय ७० रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । यसैगरी,

गुर्खाज फाइनान्स लिमिटेडको ९.९३ प्रतिशतले शेयरमुल्य बढेको छ । कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशतका दरर कमाएका छन् । ५३ रुपैयाँले प्रतिकित्ता शेयरमुल्य बढेर ४३६ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

नेपाल फाइनान्स, कम्पनी कर्णाली, राधी विद्युत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको आज शेयरमुल्य सर्किट लेभलमा कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्