Logo

आज नेप्सेमा नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार



काठमाडौं, ५ जेठ । आज २१४ कम्पनीको १ लाख ३२ हजार ३६९ पटक कारोबार भएर ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँ बराबरको २ करोड ५१ लख २१ हजार ५५४ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।

सबैभन्दा धेरै आज नेपाल पुनर्बीमा कम्पनीको कारोकार सर्वाधिक भएको छ । कम्पनीको १६ सय ५६ प्रतिकित्ता अन्तिम शेयरमुल्य कायम भई ५५ करोड ६९ लाख भन्दा बढीको आज कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४५ करोड ३४ लाख भन्दा धेरैको शेयर कारोबार भएको छ भने १२ सय ८० रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भएको छ । यसैगरी, नेशनल हाइड्रोपावरको ३० करोड, राधी जलविद्युतको २९ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्