Logo

नेपाल चेम्वरद्धारा सरकारी अस्पतालहरुलाई स्वास्थ सामाग्री हस्तान्तरण



काठमाडौं, ५ जेठ । आज नेपाल चेम्वर अफ कमर्शको तर्फबाट चेम्वरका अध्यक्ष श्री राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाइ स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।

अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामाग्रीहरु ग्रहण गर्दे चेम्वरबाट बिगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गर्दै चेम्वरलाई धन्यबाद दिएका थिए । साथसाथै चेम्वरका अध्यक्ष श्री मल्लले त्रिबि शिक्षण अस्पतालको आकस्मिक कक्षलाई पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरे । त्रिबि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामाग्री ग्रहण गरेका थिए । त्यसै गरी चेम्वरका अध्यक्ष श्री मल्लले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गौंगवुको लागि पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तीनाथ शाखीलाइ हस्तान्तरण गरे ।

आज हस्तान्तरण गरिएका सामाग्रीहरुमा पिपिइ सेट, सर्जिकल मास्क, सर्जिकल पन्जा, स्यानीटाइजर तथा सिटामोल रहेका छन । अध्यक्ष मल्लले चेम्वरले केही दिनमा सरकारी अस्पतालहरुलाइ अक्सिजन सिलिण्डर र कन्सन्टेट उपलब्ध गराइने तयारी हुंदै गरेको बताए । उक्त अवसरमा चेम्वरका उपाध्यक्ष तथा नेपाल चेम्वर कोभिड व्यवस्थापन समितिका संयोजनक श्री दीपक कुमार मल्होत्रा, चेम्वरका उपाध्यक्ष श्री सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य श्री नवराज ढकालको पनि उपस्थिति रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्