Logo

नेपाली फुटबल टिम जेठ ११ गते इराक जाने, यस्तो छ खेल तालिका



जेठ ५, काठमाण्डौ । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम जेठ ११ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टिम जेठ ११ गते इराक प्रस्थान गर्ने जानकारी दिएको हो । नेपालले जेठ १५ गते मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् । मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्