Logo

कोरोना संक्रमणबाट डिएसपी राजकुमार केसीको निधन



काठमाडौं, ६ जेठ । कोरोना भाइरसको संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ । डिएसपी केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । उनको उपचारका क्रममा नेपाल प्रहरी अस्पतालमा आज विधान निधन भएको हो ।

४३ वर्षीय केसी २०५८ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवामा प्रवेश गरी २०६१ सालमा खुल्ला प्रतिष्पर्धाबाट इन्स्पेक्टर भएका थिए । उनी काठमाडौंको मूलपानीका स्थायी बासिन्दा हुन् ।

केसीलाई दुई साता अघि गम्भीर विरामी भएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस्