Logo

पूर्वसांसद योगनारायण यादवको निधन



काठमाडौं, ६ जेठ । पूर्वसांसद योगनारायण यादवको निधन भएको छ । उपचारका क्रममा उनको आज विहान मेडिसिटी अस्पतालमा निधन भएको हो ।

५२ वर्षीय यादवको केही दिन अघि मुटुको शल्यक्रिया भएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका यादव युवावस्थामै २०५६ सालमा धनुषाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

यादवमाथि विगतमा दुई व्यक्तिको हत्याको अभियोग समेत लागेको थियो । उनलाई अनुसन्धानका लागि हिरासतमा समेत राखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्