Logo

राष्ट्रियसभाको उपनिर्वाचन : छाता ओढेर मतदानस्थल पुगे बादल (तस्विरसहित)



हेटौंडा, ६ जेठ । राष्ट्रियसभाको बाग्मती प्रदेशको उपनिर्वाचनको लागि मतदान सुरु भएको छ । हेटौंडाको भुटनदेवी विद्यालयमा मतदान शुरु भएको छ । झरी परिरहेकोले मतदानस्थलमा छाता ओढेर पुगेका छन् उम्मेद्धवार रामबहादुर थापा बादल । उनको सचिवालयले सामाजिक सञ्जालमा छाता ओढेर मतदानस्थल जाँदै गरेका तस्विर सार्वजनिक गरेको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेका छन् । बादलसँग चुनावी मुख्य प्रतिष्पर्धामा डा. खिमलाल देवकोटा रहेका छन्। बादल र देवकोटासँगै नेमकिपाबाट कृष्णबहादुर तामाङ पनि चुनावी प्रतिस्पर्धामा छन् । मतदान आज दिउँसो सवा ३ बजेसम्म जारी रहने जनाईएको छ । र, मतगणना आजै सम्पन्न गरी मतपरिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्