Logo

मन्त्री रावतको दाबी : कोरोनाको गतिलाई उछिन्नेगरि सरकारका कामकारबाही अगाडि बढेका छन् (भिडिओसहित)



काठमाडौं, ६ जेठ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतनवराज रावतले कोरोना जसरी बढिरहेको छ, रात दूई दुणा र दिउँसो चार गुणाले बढिरहेको छ, त्यसैगरि सरकारले कोरोनाको गतिलाई उछिन्नेगरि कामकारबाही अघि बढाएको दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने-“सरकारले गरेको काम तपाईँले देख्नुभएन कि क्या हो ऋषिजी, खोपको काम अघि बढाएको छ । १७ लाखले खोप लगाईसके, २७ देखि २८ लास जनता संक्रमित भए, त्यसमध्ये धेरै सञ्चो भएर घर गैसके । र, कतिपय घट्ना त हामीकहाँमात्रै भएको छैन् । घट्ना घटेका छन्। राज्यलाई थाहा छ । घट्ना दुःखदायी हुन् । यसको अर्थ सरकारले केही गरेन भन्ने होईन् । संक्रमित र मृत्युदर त्यति नै धेरै बढिरहेका छन् । हामीले तय गरेका मापण्ड नागरिकले आम रुपमा पालना गरिदिनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्