Logo

उद्योगपति तेजेन्द्र खड्काको निधन



काठमाडौं, ६ जेठ । नेपालका चर्चित उद्योगपति तेजेन्द्र खड्काको निधन भएको छ । कोरोना संक्रमणका कारण खड्काको आज विहान १० बजे उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोराना संक्रमण भएपछि खड्का विगत एक महिनादेखि ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालमा उपचारार्थ थिए । तर, खड्काको एक हप्ता अघि गरिएको पिसिआर परीक्षणको नतिजा भने नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपनि उनी स्वास्थ्यमा समस्या भएर अस्पतालमै बसेर स्वास्थ्यलाभ गरिरहेका थिए ।

५३ वर्षीय स्वर्गीय खड्का नेपालकै ठूलो उद्योग टाईगर ब्रअरीका अध्यक्ष हुन् । नेपालको मदिरा उद्योगमा खड्काले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी प्राइम टाईम्स टेलिभिजनका संरक्षक पनि हुन् ।  खड्काकी श्रीमती सुन्तली खड्काको पनि केही हप्ता पहिले कोरोना संक्रमणकै कारण उपचारको क्रममा मेडिसिटी अस्पतालमै निधन भएको थियो ।

खड्काका दुई छोरा र एक छोरी छन् । छोरी ईश्वरी खड्का प्राइम टिभीकी सञ्चालक हुन् । छोराहरु प्रेम खड्का र लक्ष्मण खड्का उद्योग/व्यवसायमा आवद्ध छन् । खड्काको आजै पशुपतिमा अन्त्येष्टि गरिने पनि परिवारले जनाएको छ । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्