Logo

बाबुरामले भने : अक्सिजन,आइसीयू,भेन्टिलेटरको हाहाकार छ, सत्ताको फोहोरी खेल कहिलेसम्म ?



काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा अक्सिजन, आइसीयू, भेन्टिलेटरको हाहाकार रहेको तर अहिले सत्ताको फोहोरी खेल भैरहेको भन्दै यो कहिलेसम्म चल्छ ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले लेखेका छन्-“देशमा कोरोना महाब्याधीबाट संक्रमित हुने(४०%माथि),मृत्यु हुने दर विश्वमै उच्चमध्ये छ।पूर्ण खोप लगाउने२.५%मात्रै छन्!अक्सिजन,आइसीयू,भेन्टिलेटरको हाहाकार छ।तर सरकार किन सरकारी अस्पतालका खाली भवनमा बेड/अक्सिजन/ICU/भेन्टिलेटर थप्न सक्दैन?खै खोपको आपूर्ति? सत्ताको फोहोरी खेल कहिलेसम्म ?”



प्रतिक्रिया दिनुहोस्