Logo

प्रधानमन्त्री ओलीसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता, खोप उपलब्ध गराउन अनुरोध



काठमाडौं, ६ जेठ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले बेलायतले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै, नेपाली जनताका लागि कोभिडविरुद्धको खोप उपलब्ध गराउनपनि राजदूतसमक्ष अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राजदूतसँगको भेटवार्ताबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-“प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज नेपालका लागि बेलायती राजदूत Nicola Pollit ले शिष्टाचार भेट गर्नुभयो। उक्त अवसरमा बेलायतले गरेकाे सहयाेगका लागि प्रधानमन्त्रीज्यूले धन्यवाद ज्ञापन गर्नुहुँदै नेपाली जनताकाे लागि AstraZeneca Covid- 19 vaccine उपलब्ध गराउन अनुराेधसमेत गर्नुभएको छ।”



प्रतिक्रिया दिनुहोस्