Logo

निःशुल्क उपचार गर्ने भनेको जनमैत्री अस्पतालले विरामीसँग एक लाख १६ हजार लियो, अझै बिल थमायो



काठमाडौं, ६ जेठ । काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्प्तालले कोरोना संक्रमित विरामीको निःशुल्क उपचार गर्ने भनेपनि एक लाखसम्म रकम असुलेको पाईएको छ । अस्पतालले यसअघि कोरोना संक्रमित विरामीहरुको निःशुल्क उपचार गर्ने भनेको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वर्ष ६० का रामचन्द्र श्रेष्ठसँग अस्पतालले भर्ना हुनुअघि नै १६ हजार लिएको र पछि एक लाख रकम लिएको पाईएको हो । श्रेष्ठ गत बैशाख ३० गते अस्पताल भर्ना भएका थिए ।  उनको उपचारकै क्रममा आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारका सदस्यहरुले भने निःशुल्क उपचार गर्छु भन्ने अस्पतालले प्रचारमात्रै गरेको तर व्यवहारमा त्यस्तो नभएको गुनासो पोखेका छन् । अस्पताल भर्ना हुनेबित्तिकै १६ हजार तिरेको र लगत्तै एक लाख डिपोजिट गरेको मृत्तकका साला राजु श्रेष्ठले जानकारी दिए । उनकाअनुसार अहिले अस्पतालले ७७ हजार र प्लस अरु पनि रकम तिर्नुपर्छ भनेको छ । तर, श्रेष्ठले भने बाँकी पैसा आफ्नो नाममा राखिदिन अस्पताल प्रशासनलाई आग्रह गरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्