Logo

एक समयमा धमाका मच्चाएका संजय दत्त र गोविन्दाको सम्बन्ध बिग्रिएकै हो त



एजेन्सी, ६ जेठ । बलिउडका चर्चित अभिनेताहरु संजय दत्त र गोविन्दाले धेरै सुपरहिट फिल्ममा एकसाथ काम गरेका छन् । उनीहरु एक समयका निकै मिल्ने साथी थिए । यी दुई अभिनेताले हसीना मना जायगी, जोडी नं १, दो कैदी, एक और ग्यारह जस्ना फिल्ममा धमाका मच्चाएका थिए । यी दुईको जोडीलाई फिल्म निर्माताहरुले पनि मन पराएर फेवरेट जोडीको रुपमा लिन्थे ।

भारतीय मिडिया वेबदुनियाँको अनुसार गोविन्द सेटमा ढिलो आएमा संजय रिसाउने पनि गर्थे । एक अर्का सेटमा ढिलो आउदा रिसाउने यी सुपरहिट जोडीको समयसँगै सम्बन्धमा खटपट आयो । सम्बन्ध गडबडीको सुरुवात डेभिड धवनको फिल्मबाट भएको थियो ।

एक और ग्यारह फिल्ममा गोविन्दा र संजय मुख्य भुमिकामा थिए । गोविन्दाले फिल्ममा केही दृश्य परिर्वतन गर्न चाहान्थे तर, गोविन्दाको कुरा डेभिड धवनलाई मन परेन र सिधै अस्विकार गरे । संजयले पनि डेभिड धवनको पक्ष लिए । संजयले गोविन्दको पक्ष नलिएपछि उनको प्रस्ताव अगि बढ्न सकेन । सुटिङ सकिएपछि पनि गोविन्दा टाढा हुन खोजे । दुर्वबीच दुरी बढ्दै गयो । संजयले पनि फेरी एक हुन पहल गर्न चाहेनन् ।

सम्बन्ध झन फराकिलो हुँदै गयो, सोही समयमा संजय दत्तको एक रेकर्ड भाइरल भयो । जसमा संजयले अन्डलवल्र्डका व्यक्तिसँग कुरा गरेका थिए । उक्त रेकर्डमा संजयले गोविन्द सेटमा ढिलो आएको पनि उल्लेख गरेका छन् । रिपोर्टका अनुसार संजय दत्तले गोविन्दालाई दुव्र्यवार पनि गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्