Logo

कर्नाटकमा मास्क नलगाउने डाक्टरविरुद्व मुद्दा



एजेन्सी, ६ जेठ । केही दिन अगाडी भारतको कर्नाटकको मेंगलुरुस्थित एक सुपरमार्केटमा एक डाक्टरले मास्क लगाउन अस्विकार गरेको भिडियो भाइरल भएको थियो ।
भाइरल भएको भिडियो अनुसार डाक्टर काक्कीलायाले सुपरमार्केटमा मास्क लगाउन अस्विकार गरेका थिए ।

भिडियोमा व्यापारी र डाक्टरबीच मास्कको विषयमा कुराकानी भएको देखिन्छ । भारतीय मिडिया वेबदुनियाँको अनुसार ती डाक्टरविरुद्व कोरोना गाइड लाइन पालना नगरेको प्रति प्रश्न उठाइएको थियो ।

सीसीटिबीमा कैद भएको भिडियो कै आधारमा डाक्टरविरुद्व मेंगलुरु प्रहरीले मुद्दा दायर गरेको छ । ट्विटर युजरकर्ताहरुले ट्विट गर्दै डाक्टरको आलोचना गरिरहेका छन् । मास्क नलगाएकोमा जरिवानाको माग समेत गरेका छन् ।

सामाजिक सञ्जालमा डाक्टरलाई बिना मास्क सुपरमार्केटमा प्रवेश गर्न अनुमति दिने मार्केटको म्यानेजर पनि जिम्मेवार भएको भन्दै म्यानेजरलाई पनि दोष लगाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता एकजनाले डाक्टरलाई एक हप्ता कोरोना वार्डमा काम गराउनु पर्ने धारणा राखेका छन् । Photo-Agency

 

 



प्रतिक्रिया दिनुहोस्